धनकुटाका क्रियाशिल महिला अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई पुन : उपयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण
धनकुटा खबर । कामको व्यस्तता र स्वास्थ्य सुरक्षालाई ध्यान दिदै सफा गरि पून: उपयोग गर्न मिल्ने स्यानिटरी प्याड धनकुटाका क्रियाशिल महिला अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई वितरण गरिएको छ ।
जिल्लाका विभिन्न सञ्चारमाध्यम र महिला अधिकारका संघ संस्थामा कार्यरत १६ जना महिला सञ्चारकर्मी र अधिकारकर्मीहरुलाई एक कार्यक्रमको वीच धनकुटाबाट प्रकाशित जनविश्वास पत्रिकाका सम्पादक तथा नेपाल प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङले प्याड वितरण गर्नुभएको हो ।
सिन्धुपाल्चोककी तामाङ समुदायकै पहिलो महिला हिमाल आरोही कान्छिमाया तामाङ मार्फत प्राप्त प्याड महिला सञ्चारकर्मी र अधिकारकर्मीको कामको व्यस्तता र स्वास्थ्य सूरक्षा ध्यान दिदै वितरण गरिएको चेम्जोङले जानकारी गराउनुभयो । उहाँले सो प्याड एक पटक उपयोग गरेर सफा गर्दै फेरि फेरी दुई वर्ष सम्म उपयोग गर्न मिल्ने वताउनुभयो ।
महिलाहरुले आफ्ना महिनावरीको नियमित प्रक्रियाको समयमा उपयोग गर्ने यो स्यानिटरी प्याड हाल वजारमा पाईने अन्य प्याड भन्दा लगाउनलाई सहज र टिकाउ हुने भएकोले महिलाहरुको स्वास्थ्य सुरक्षामा यसले सहयोग पुग्ने जनाईएको छ ।


