वीपी प्रतिष्ठानको फार्मेसी संचालनमा, बन्दै गरेको फार्मेसीको ६५ प्रतिशत काम सम्पन्न
धरान । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको बन्द अवस्थामा रहेको फार्मेसी संचालनमा आएको छ । उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको एक महिनामा फार्मेसी संचालन, व्यवस्थापन तथा अनुगमनका लागी समिती गठन गरी कार्यहरू अगाडी बढाइएको छ ।

हाल डा. दिलिप ठाकुरको संयोजक्तवमा समितीले फार्मेसि संचालन, व्यवस्थापन तथा अनुगमनका कार्यहरू गरीरहेका छन ।
समिती गठन भएलगत्तै सबै विभागहरूसंग औषधि आवश्यकताको वार्षिक माग गरीएको डा. ठाकुरले जानकारी गराए । ‘समिती सुरू भएपछी सबै विभागहरूसंग औषधि आवश्यकतका वार्षिक माग गरेका छाै । यसबाट कुन विभागमा वर्षमा कुन कुन औषधि आवश्यक पर्ने खाका तयार हुनेछ ।’ उनले भने, ‘यस्तै हाल हामीले इमरजेन्सी र गाइनो तथा बच्चा इमरजेन्सीमा रहेको फार्मेसीलाई फोकस गरेका छाै ।’ त्यहाँ विरामीको चाप बढी रहेकोले गर्दा औषधि खपत पनि बढी हुनेभएकाले सुरूवादमा त्यस क्षेत्रमा फोकस गरेको उनले बताए ।
पहिलेको तुलनामा औषधिको दैनिक बिक्री बढेको डा. ठाकुरले बताए । ‘समितीले फार्मेसीमा रहेको औषधिहरूको जाँच गरी मिती पुगेको वा पुग्न लागेको औषधिलाई टेण्डर कम्पनिलाई नै फिर्ता गरी नयाँ औषधि ल्याएर बिक्री गरेका छाै ।’ उनले भने, ‘औषधि खरिदका लागी प्रकृया थालनि भइसेको छ । अबको केहीदिनमा प्रतिष्ठानको विभागहरूमा आउने ८० प्रतिशत विरामीहरूको समस्याको लागी चाहिने औषधि प्रतिष्ठानको फार्मेसिमा नै उपलब्ध गराउनेछाै ।’
प्रतिष्ठानको फार्मेसिमा चाहिने सबै प्रकारको औषधि उपलब्धताको लागी भने डेढ महिना जति लाग्ने डा. ठाकुरले बताए । यसको लागी औषधि खरिदको ठुलो टेण्डर चाँडै लाग्ने उनले बताए । ‘प्रतिष्ठानको फार्मेसी चुस्त दुरूस्त रूपमा सेवा प्रदान गर्नका लागी समिती गठन भएको हो । सेवा सहितको नाफामुलक फार्मेसी संचालन हाम्रो प्रमुख लक्ष्य हुनेछ’, डा. ठाकुरको भनाई छ । फार्मेसी पूर्ण रूपमा संचालनमा आएपछी विरामीले उचित मुल्यमा औषधि प्राप्त गर्ने र ठगिनबाट जोगिनेछ साथमा प्रतिष्ठानको आर्थिक अवस्थामा समेत टेवा पुग्ने उनले जनाए ।
उता प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल ईन्जनियरीङ शाखा प्रमुख ई. विकास बस्यालले बताएका छन । भवन १२ करोड ३७ लाखमा श्याम सुन्दर निर्माण सेवाले निर्माण गरीरहेको छ ।


