स्वास्थ्य सुधारका लागि सक्रिय भुमिका निर्वाह गरेका धनकुटा सहिदभूमीका २७ स्वयंमसेविका सम्मानित
धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरि सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समय देखि अहिले सम्म सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ ।
१७ औ अन्तराष्ट्रिय महिला स्वयंमसेविका दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल सरकारको स्यास्थ्य संग सम्बन्धित विभिन्न कार्यक्रमहरु मातृ तथा सिसु मृत्युदर घटाउने , भिटामिन ए ,पोलियो थोपा खुवाउने,हातिपाइले रोग विरुद्धको औषधि खुवाउने लगायत सामुदायिक स्वास्थ्य सुधारकाकार्यक्रमहरुमा सक्रियता पूर्वक आफ्नो भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंमसेविकाहरु लाई खदा ओढाई करुवा प्रदान गरेर सम्मान गरेको गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।

कार्यक्रममा उपाध्यक्ष रत्नेश्वरी राई ,प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य , स्वास्थ्य शाखा सहप्रमुख तुलसा देवि भट्टराई लगायतको उपस्थिती थियो ।


