धनकुटामा तँ कि म को होडबाजीको अन्त्य,जडान गरियो कोरोना परिक्षणको लागि पिसिआर मेसिन
धनकुटा खबर । लामो समयको पर्खाई जस अपजस लिने होडबाजी लाई अन्त्य गर्दे धनकुटामा कोरोना परिक्षणको पिसिआर मेसिन जडान गरिएको छ ।

संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड लागतमा धनकुटामा पिसिआर मेसिन जडान गरिएको हो।
पीसीआर मेसिन जडान भएपछि धनकुटामा दैनिक तीन सय स्वाब परीक्षण गर्न सकिने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेन डा पुजन विश्वकर्माले जानकारी दिनुभयो। पीसिआर मेसिनको मंगलबार संघीय सांसद राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ।
धनकुटामै कोरोना परीक्षण हुँने भएपछि धनकुटा सहित पूर्वि पहाडी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभा जिल्ला पनि कोरोना परीक्षण गर्न सहज हुँने भएको छ।


