चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी

बेइजिङ । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ ।

चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउन कार्य गरिरहेको छ । विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन् ।

शाङ्घाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरिएको जनाएको छ । यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ ।

तर बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन । फाइजर र बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ ।

चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन् । हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौताहरु पनि गरिरहेको छ । चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्दछ । –एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖