धनकुटामा आज ३ जना कोरोना संक्रमित थपिए

विराटनगर । धनकुटामा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लाको धनकुटा नगरपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा झापा ५, मोरंग ४, सोलुखुम्वु १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले सम्म प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या संख्या २९ हजार ६ सय २७ पुगेको छ । भने कोरोनालाई परास्त गर्दै प्रदेश १ मा आज १ सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् ।

अहिलेसम्म २६ हजार ८ सय ४९ जना संक्रमण मुक्त भएका छन् । यो प्रदेश मा आज प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।