प्रदेश १ मा २ सय ५३ जना डिस्चार्ज
विराटनगर /कोरोनालाई जित्दै गएको २४ घण्टामा प्रदेश १ मा २ सय ५३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८ सय ७० पुगेको छ । यो प्रदेशमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमित संख्या २९ हजार ७ सय २९ पुगेको छ ।
यो प्रदेशमा आज ४ सय २१ जनाको पीसीआर परीक्षण गरिएको मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म २ लाख ८ हजार १ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


