धनकुटा अस्पतालकाे ल्यावमा २९ जनाकाे कोरोना जाँच गर्दा ७ जनाकाे रिपाेर्ट पाेजेटिभ !
धनकुटा खबर । धनकुटा अस्पतालमा स्थापना भएकाे काेभिड १९ RTPCR ल्यावमा हाल सम्म २९ जनाकाे जाँच गर्दा ७ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ । जुन २४.१३ प्रतिशत हाे ।
त्यसैले जिल्लामा काेभिडकाे महामारी निक्कै वढेकाे स्वास्थ्य कार्यालय प्रमुख तुलसी गुागाईले जानकारी दिनुभयाे । याे सँग अाज सम्मकाे जिल्लाकाे तथ्यांक अनुसार २ हजार ४ सय ८८ जनाकाे पिसिअार जाँच गरिएकाे छ ।
जसमध्ये पाेजेटिभ नतिजा अाउनेकाे संख्या १ सय ४० पुगेकाे छ । २ हजार ३ सय ४८ जनाकाे नेगेटिभ नतिजा अाएकाे छ । पाेजेटिभ नतिजा अाएका मध्ये निकाे हुनेकाे संख्या १ सय २५ पुगेकाे छ । अहिले हाेमआईसाेलेसनमा ७ जना रहेका छन् । मृ,त्यू हुनेकाे सँख्या ८ जना पुगेकाे छ ।
उता सामाजिक विकास मन्त्रालय विराटनगरकाे तथ्यांक अनुसार धनकुटा वाहिर परिक्षण गराई धनकुटा वाहिर नै रहेकाहरु जम्मा ६४ जना छन् । निकाे भएकाहरुकाे संख्या ६१ जना र निधन भएकाहरुकाे संख्या २ जना छन् ।
हाेम आईसाेलेसन १ जना रहेकाछन् । यसरी जिल्लामै र जिल्ला वाहिर नमूना संकलन गरिएका मध्ये कुल संक्रमित संख्या २ सय ४ पुगेकाे छ । ती मध्ये १८६ जना निकाे भएका छन् ।मृ,त्यू हुनेकाे कुल संख्या १० जना पुगेकाे छ भने हाेम आईसाेलेसनमा ८ जना रहेका छन् ।


