तत्कालिन चुङवाङ्ग गाविसका अध्यक्ष पौडेल सहित १ सय २७ जना विभिन्न पार्टी परित्याग गर्दै आज नेपाली कांग्रेसमा प्रवेश

धनकुटा खबर । तत्कालिन चुङवाङ्ग गाविसका अध्यक्ष नारायण प्रसाद पौडेल सहित १ सय २७ जना विभिन्न पार्टी परित्याग गर्दै आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस चुङवाङ्गको आयोजनामा भएको पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा नेकपा,जनता समाजवादी पार्टी र राप्रपा परित्याग गरी उल्लेखित संख्याका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई पार्टीका सह महामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायाण श्रेष्ठ,जिल्ला समापति अग्नी प्रसाद पौडेल, केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, जिल्ला उपसभापाति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई लगायतले नेपाली कांग्रेसमा स्वागत गराएका थिए । सभामा पार्टीका सहमहामन्त्री थापाले संविधानको रक्षाका लागि नेपाली कांग्रेसले अव अभियान सञ्चालन गर्ने वताउनु भयो ।

त्यस्तै केन्द्रिय आमन्त्रित सदस्य श्रेष्ठले लोकतन्त्र माथि प्रहार गर्नेहरुको विरुद्ध सशक्त ढंगले प्रतिरोध गर्ने वताउनु भयो । प्रदेश सभा सदस्य लिला सुब्बाले वर्तमान सरकार संघियताको मर्म र भावना अनुरुप चल्लन नसकेको वताउनु भयो । पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल,नेपाली कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई,संविधान सभा सदस्य अञ्जना ताम्ली,पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य,लगायतले लोकतन्त्र र संविधानको पूर्ण रक्षाका लागि कांग्रेस सक्षम रहेको वताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस चुङवाङ्गका सभापति कृष्ण कटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन यूवा नेता अधिवक्ता ठगिन कुमार राईले गर्नु भएको थियो । नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालिन चुङवाङ्ग गाविसका अध्यक्ष पौडेल, सुवास राई,चोलेन्द्र गिरि,रमेश भण्डारी,मिलन राई प्रकाश खड्का,होम वहादुर राई,घनश्याम राई, अम्विका राई,प्रेम राई,तेज वहादुर राई,सुदिप राई,टंक राई,कृष्ण कुमारी राई,चन्द्रकला वास्कोटा,,भरत गिरि,दिल कुमारी राई ,होम कुमार राई,जुनी राई,रमेश राई,गिता राई,यम कुमार राई,सन्तोष गिरि,सुस्मिता राई,रेमन्त राई,विक्रम वास्कोटा, पदम राई लगायत रहेको जिल्ला सचिव राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖