सर्वोच्चको फैसला हामी मान्छौं : थापा
धनकुटा खबर । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले सर्वोच्च अदालतले यदी चुनावमा जाने फैसला दिए आफूहरु चुनावमा जान पछि नहट्ने बताउनु भएको छ ।
आज नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको पत्रकार संमेलनमा बोल्दै नेता थापाले यस्तो बताउँनु भएको हो । उहाँले भन्नु भयो कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा रहेकोले सर्वोच्च अदालतले संसद पुन स्थापना नगरेको अवश्थामा निर्वाचामा जान तयार रहेको बताउँनु भयो ।
तर अहिले नै कांग्रेस चुनाव गै हाल्छ भन्ने कुरा नभएको बताउँदै सर्वोच्च अदालतको फैसला अनुसार कांग्रेसले निर्णण लिने प्रस्ट पार्नु भयो । संमेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रय सदस्य मनोहरनारायण श्रेष्ठले कांग्रेस ह त्या,हिंसा भन्दा पनि सहमती र सहकार्यमा जोड दिने पाटी भएको बताउँनु हुदै लोकतन्त्रको रक्षाका लागि कांग्रेस लागि परि रहेको बताउँनु भयो ।


