वडासम्म महिलाको सहभागिता अनिवार्य

काभ्रेपलाञ्चोक, १० माघ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गर्नुभयो ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भन्नुभयो । उहाँले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभयो ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ ।” नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी’ निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाउनुभयो ।

“केही नेताका देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ–मै लाऊँ र सुखसयल मै गरू भन्ने”, उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, रेशम लामा र रीता ढकाल, जिल्लाध्यक्ष अशोक ब्याञ्जूले प्रम ओलीले जनताको सार्वभौमिकता जनतामै लगेकाले स्वागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा विप्लव माओवादीका केन्द्रीय सदस्य हालै नेकपामा नवप्रवेशी चुँडामणि चौलागाईँले प्रम ओलीको राष्ट्रवाद र राष्ट्रियताले जनताको मन जितेको दाबी गर्नुभयो । बैठकले हाल प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र कमिटीअन्तर्गत पार्टी इन्चार्ज, सहइन्चार्ज तथा आउँदो फागुन मध्यसम्म काभ्रेपलाञ्चोकको १३ स्थानीय कमिटीका १६५ वडा कमिटी घोषणा गर्ने निर्णय गरेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।