धनकुटामा पनि आजबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु

धनकुटा,१४ माघ । धनकुटामा पनि आजबाट कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी , कर्मचारी र सरसफाईकर्मीलाई खोप लगाउने अभियान अन्तरर्गत धनकुटामा पनि आजबाट कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

पहिलो चरणमा जिल्ला अस्पताल धनकुटा, स्वास्थ्य कार्यालय तथा पाँचवटा निजि स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मि र कर्मचारीलाई खोप लगाइएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

आज देखि आउँदो १७गते सम्मअग्रपंत्तिमा रहेर कामगरिरहेका जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मि, महिला स्वास्थ्यसेविका लगायत ८ सय ५३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्…

भक्तपुरमा खोपः चार हजारलाई दिइने

भक्तपुर, १४ माघ (रासस) ः पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो । देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेविका, सरसफाइ मजदूर र कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप लगाइने डा गौतमले जानकारी दिनुभयो । भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट आज बिहान १०ः३० बजेदेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको हो । भक्तपुर अस्पतालमा जिल्लाका अस्पतालका स्वास्थ्यकर्मीसँगै चाँगुनारायण र भक्तपुर नगरपालिकाका अग्रभागमा रहेर काम गर्नेहरुलाई यो खोप लगाइने भएको हो । नेपाल कोरिया अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका तोकिएका व्यक्तिमा खोप लगाउन शुरु भएको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुरमा चार हजार भायल खोप पठाएको छ । शून्य दशमलव ५ मिलिलिटर खोपको मात्रा एक जनालाई दिइने भएकाले एक भायल बराबर कम्तीमा १० जनालाई खोप लगाइने छ । यसअघि खोपसम्बन्धी स्वास्थ्यकर्मीलाई भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा तालीम दिइएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार देशभरका ६२ अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान शुरु भएको छ । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेका चार लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । अठार वर्ष उमेर पुगेका व्यक्तिले खोप लगाउन सक्ने भक्तपुर अस्पतालका मेसु डा गौतमले जानकारी दिनुभयो ।

गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन मिल्दैन । मुटुको रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्नेछ । खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै गम्भीर असर नपर्ने जिकिर गरिएको छ । खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता समस्या देखिए नआत्तिन आग्रह गर्दै उहाँले गम्भीर समस्या आए सरकारले उपचार गर्ने बताउनुभयोे । त्यस्तो अवस्था आएमा उपचारका लागि भक्तपुर अस्पताल तयारी अस्पतालमा रहेको जनाइएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको सो खोप भारत सरकारले १० लाख मात्रा नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । सरकारले खोप निःशुल्क लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद गङ्गालाल अस्पताल बाँसबारीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुर तथा भक्तपुर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि खोप लगाइने भएको छ । सरकारले सबै प्रदेशमा खोप पु¥याइसकेको छ । स्वास्थ्यकर्मीमध्ये पहिलो खोप सरुवा अस्पताल टेकुका प्रमुख चिकित्सक सागरराज भण्डारीले लगाउने घोषणा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।