बा’लिका क’रणी गर्ने धनकुटाका ४ जनालाई १८ बर्षको कै’द सजाय

धनकुटा । बा’लिका क’रणी गर्ने धनकुटाका ४ जनालाई १८ बर्षको कै’द सजाय सुनाइएको छ । जिल्ला न्याधिस फडिन्द्र प्रसाद पराजुलीको इजलासले १ लाख ५० हजार जनही जरिवाना सहिद कैद सजाए सुनाएको हो ।

धनकुटा नगरपालीकाकी १४ बर्षिया दलित बा’लिकामाथि पटक पटक भएको यौ न शो षणको घटनामा धनकुटा नगरपालीका ६ का शिक्षक मदन अधिकारी ,स्थानीय गौरी अत्रि,देवेन्द्र श्रेष्ठ र भक्त बहादुर मगरलाई अदालते दो षि ठहर गरेको हो । शिक्षक अधिकारीलाई भने १८ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । पि डित बा’लिकाका परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।

१८ बर्ष मुनीका बा’लिका सँग सहमती मै शा’रिरीक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्ति विरुद्ध ज बरजस्ती क रणी कसुर अन्तर्गत कार्बाही हुने व्यवस्था भएकाले प्रहरीले उनीहरु विरुद्ध ज बरजस्ती क रणी मु द्धा दायर गरेको थियो । उक्त बा’लिकाले करिव ३ महिना पहिले नै बच्चा समेत जन्माइसकेकी छन् । हाल उनी बच्चा सहित महिला पुर्नस्थापना सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छन् ।

यो पनि पढ्नुहोस्…

दोस्रो दिन २८ हजार बढीले खोप लगाए

काठमाडौँ, १५ माघ (रासस) ः कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन् । उहाँका अनुसार प्रदेश नं १ मा तीन हजार ८४७, प्रदेश नं २ मा दुई हजार १७४, वाग्मती प्रदेशमा ११ हजार ४६१, गण्डकी प्रदेशमा चार हजार ८५३, लुम्बिनी प्रदेशमा दुई हजार ३०३, कर्णाली प्रदेशमा एक हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४१७ जना रहेका छन् ।

उहाँले आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिनुभयो । मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन् ।

खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ । खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ ।

भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ । खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।