अल्जाईर्मस रो’ग सम्बन्धी परिचयात्मक गोष्ठी सम्पन्न
धनकुटा,माघ १७ । धनकुटा नगरपालिका वडा नं २ मा जेष्ठनागरिकहरुका लागि अल्जाईर्मस रो’ग सम्बन्धी परिचयात्मक गोष्ठी सम्पन्न भएको छ ।
जेष्ठनागरिक २ नं समितिका अध्यक्ष भक्क्त बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बोल्नु हुदैँ कार्यक्रमका प्रमुख अतिथि २ नं वडा सदस्य सानबहादुर राईले अल्जाईर्मस विर्सने रोग भएकाले जेष्ठनागरिकहरुलाई विर्सने रोग बाट कसरी वच्न सकिन्छ भन्ने बारेमा जानकारी गराउने हुदाँ यस्ता कार्यक्रमहरु आउँदा दिनहरुमा पनि सञ्चालन गर्न आयोजकलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जेष्ठनागरिक सम्बन्धी जेष्ठनागरिक महासंघ प्रदेश नं १ का सचिवालय सदस्य कृष्णभागवत श्रेष्ठले सहजिकरण गर्नु भएको थियो भने अल्जाईर्मस रोगको वारेमा अल्जाईर्मस सेवा समितिका सहसचिव गोविन्द प्रसाद मैनालीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जेष्ठनागरिक २ नं समितिका सचिव नारायण दर्नालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन जेष्ठनागरिक २ नं समितिका सदस्य तुलसी राज थापाले गर्नु भएको थियो । कार्यक्रममा धर्मादेवी विद्यालयका प्रध्यानध्यापक खगेन्द्र प्रसाद गुरागाई सहित जेष्ठनारिकहरुको उपस्थिति थियो ।


