धनकुटामा पत्रकारहरुलाई पुरस्कृत र सम्मान गर्दै साधारण सभा सम्पन्न
धनकुटा । धनकुटाका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा आज धनकुटाको पाख्रिवास नगरपालिकाको पर्यटकीय क्षेत्र संसारी माई ताल तलैयामा सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभाको उद्घाटन गर्दै पाख्रिवास नगरपालिकाका प्रमुख बृष वहादुर राईले पत्रकारहरु समाजको ऐना भएकाले पत्रकारहरुले निष्पक्ष स्वतन्त्रता र इमानदारिता पूर्वक कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाको सस्थागत विकासका लागी महत्वपूर्ण योगदान दिनु भएकोमा नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,विजय सन्तोषी राई ,खगेन्द्र घिमिरेलाई पाख्रिवास नगरपालिकाका प्रमुख राई,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिना,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
साधारण सभामा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्नु भएकोमा धनकुटा नरपालिकाका इन्जिनियर मिङ्मा दोर्जी शेर्पा,प्रध्यापक किरण घिमिरे,नेपाल निजामती कर्मचारीहरुको धनकुटा जिल्लाको आधारिक टे«ड युनियनका अध्यक्ष गोविन्द्र खत्री, तत्कालिन नेपाल पत्रकार महासंघ धनकुटाका सचिव लिला बल्लभ घिमिरे,यूवा पत्रकार हरी वहादुर लम्जेललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाले यस बर्षको धनकुटा क्रियाशिल पत्रकारिता पुरस्कारबाट ब्लाष्ट दैनिकमा समाचारदाता सन्तवीर लामा, कान्तिपुर टेलिभिजनका बिनोद घिमिरे, रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटामामा कार्यरत संचारकर्मीहरु सरिता वराईली,देवकला कार्कीलाई नगद पुरस्कार ५ हजार ५ सय ५५ रुपैया प्रत्येकलाई प्रदान गरी पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले वताउनु भयो ।
साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु उद्धव तिम्सिना,लक्ष्मण कार्की,गोपाल वराईली,प्रदेश अध्यक्ष विक्रम लुईटेल,उपाध्यक्ष इस्मिता निरौला,महासचिव विवेक गौतम,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई,खगेन्द्र घिमिरे,प्रदेश सदस्य सन्तोष रुचाल,नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष लिला वल्लभ घिमिरे,धनकुटाका अध्यक्ष हिमा चेम्जोग, फोनिजका अध्यक्ष सन्तवीर लामा,नेपाल नेत्र ज्योती संघ धनकुटाका सभापति रोशेष श्रेष्ठ,फोकोफोन धनकुटाका अध्यक्ष निल वहादुर थापा,नेपाल रेडक्रस सोसाईटी धनकुटाका सचिव कृष्ण श्रेष्ठ,सिमसार ताल तलैया पर्यटकीय क्षेत्र पाख्रिवासका अध्यक्ष ज्ञान वहादुर गुरुङ्ग,वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला लगायतले पत्रकारहरु राज्यको पद प्रदर्शक भएकोले पत्रकारहरुलाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको साधारण सभामा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष नगेन्द्र राईले व्यक्त गर्नु भएको थियो भने सचिव विदुर खवासले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण कुमार राईले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।


