१०५ सदस्यीय अनेरास्ववियु धनकुटा क्याम्पस इकाई सम्मेलन आयोजक कमिटी गठन
धनकुटा । अखिल नेपाल स्वतन्त्र विघार्थि युनियन ईकाई समिति धनकुटा बहुमुखी क्याम्पसले एक कार्यक्रमका बिच १०५ सदस्य संख्याकाे अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस ईकाई सम्मेलन अायाेजक कमिटी गठन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य निरन राई ,अनेरास्ववियु जिल्ला संयोजक बसन्त राई , सचिव धनराज पाेख्रेल ,जिल्ला कार्यलय सदस्य सिताराम लिम्बू ,अनेरास्ववियु जिल्ला सचिवालय सदस्यहरू भविन्द्र राई र ईन्दिरा भण्डारी लगायतकाे सहभागीतामा बसेकाे बैठकले बाल कृष्ण बसेलकाे संयोजकत्वमा १ सय ५ सदस्य ईकाई सम्मेलन अायाेजक कमिटी गठन गरिएको हाे ।
त्यस्तै गरि सह संयाेजकमा अनुता अधिकारी र सचिवमा कपेन्द्र अाले मगर रहेकाछन् ।
यो पनि पढ्नुहोस्…
निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट
काठमाडौँ, २१ माघ (रासस) : वाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले वाग्मती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ ।
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिनुभयो ।
पहिलो चरणमा वाग्मती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात् क्रमशः हस्तान्तरण गर्ने जनाएको छ ।
गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो । उक्त स्वीकृतिपछि वाग्मती प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको गरिएको उहाँले जानकारी दिनुभयो ।
पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । वाग्मती प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमूलक (निकासी, पैठारीसँगसम्बन्धी) फर्मको सक्कल फाइलसहित २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुनेछ ।


