प्रादेशिक संचार प्रतिष्ठानका सदस्य श्रेष्ठ लाई प्रेस यूनियनको सम्मान

धनकुटा, २२ माघ । नेपाल प्रेस यूनियन धनकुटा शाखाले प्रादेशिक संचार प्रतिष्ठानको सदस्य पदमा मनोनीत हुनु भएकोमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष एवम नेपाल प्रेस यूनियनका केन्दिय पार्षद राजेश्वर बहादुर श्रेष्ठलाई एक कार्यक्रमा विच सम्मान गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री केन्द्रिय सुनिल बहादुर थापाको प्रमुख आतिथ्यतामा धनकुटामा गरिएको कार्यक्रम श्रेष्ठ लाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रादेशिक संचार प्रतिष्ठानका सदस्य तथा नेपाल पत्रकार महसंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले आफु सदैव स्वतन्त्र प्रेसको पक्षमा रहने बताउँदै सबैको साथ र सहयोगमा आफु अगाडी बढने बताउँनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले अहिलेको अंसैवैधानिक कदमको विरोध पत्रकारहरुबाट समेत हुन जरुरी रहेको धारण राख्नु भएको थियो । नेपाली कांग्रेसका केन्द्रिय कल्याण गुरुङ्ग,आमन्त्रित केन्द्रिय मनोहर नारायण श्रेष्ठ, राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल ,नेपाली कांग्रेसका गरिखान देऊ अभियानका सिइओ राजु नेपाल, नेपाल प्रेस यूनियन उपाध्यक्ष विजयसन्तोषी राई लागयत पत्रकार ,नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्ष हिमा चेम्जोगको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य नेपाल प्रेस यूनियन धनकुटा शाखा उपाध्क्ष नरेन्द कश्चितले गर्नु भएको थियो भने कार्यक्रको संचालन नेपाल प्रेस यूनियन धनकुटा शाखा सचिव विकास घिमिरेले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।