नेपालमा कोरोना खोप अभियान : आजबाट दोस्रो चरण, १३ हजार पत्रकारलाई लगाइँदै

काठमाडौं,कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा आज दोस्रो चरण सुरु गरिँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि अग्रपंक्तिमा खटिएका पत्रकारलाई कोरोनाविरुद्ध खोप दिइनेछ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई लगाइएकाे थियाे। दोस्रो चरणमा पत्रकार, संयुक्त राष्ट्रसंघ, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सोमबारदेखि ५ दिनसम्म अग्रपंक्तिमामा काम गर्ने पत्रकारलाई खोप दिइने जानकारी दिए।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग मागेकाे देशभरिका पत्रकारको विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्।

पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनालाई खाेप लगाइएको छ मन्त्रालयले जनाएकाे छ। पहिलो चरणको अभियान शनिबार सकिएको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖