दाहाल र नेपालद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

काठमाडौँ, २७ माघ (रासस) : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ ।

विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन जनसमुदायलाई आह्वान गर्नुभएको छ । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।