प्रचण्ड-नेपाल पक्षको आज काठमाडौंमा विरोध प्रदर्शन, विभिन्न क्षेत्रलाई तोकिए कमाण्डर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा गर्ने बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा कमाण्डर तोकेको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास समेत गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षले आजको प्रदर्शन तथा जुलुसहरू निस्किने स्थानमा पार्टीका केन्द्रीय नेताहरूलाई कमाण्डर तोकेको छ । आज काठमाडौँका विभिन्न ५ ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड-नेपाल पक्षले गरेको छ । जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ । त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् ।

त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् । त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड(नेपाल पक्षले जानकारी गराएको छ ।

त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖