धनकुटामा पनि सुरु भयो हर्न निषेध अभियान

धनकुटा,१० फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले हर्न निषेध अभियान लाई विशेष प्राथमिकतामा राखी कार्यन्यनमा ल्याएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा सोमबारबाट १ नम्बर प्रदेश भरी एकसाथ अभियान थालिएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यलयले राजमार्ग तथा सहायक मार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम संचालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सो अभियान अन्तरगत ट्राफिक प्रहरीले सवारी चालकहरुलाई आदर सहित अनुरोध गर्दै हर्न निषेध अभियान संचालन गरेको छ । ट्राफिक प्रहरीले विभिन्न सवारी साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएको जिल्ला ट्राफिक पहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

सो क्रममा ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन अनुरोध समेत गर्ने गरेको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।