निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
धनकुटा । डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँगको सहकार्यमा धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।
यही फागुन १४ गते भोलिदेखि २५ गतेसम्म बिभिन्न वडामा शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
वडा नं. १ मा फागुन १४ गते, २ मा १५ गते वडा नं., वडा नं. ५ मा १६ गते , वडा नं. ६ मा १७ गते , वडा नं.७ मा १८ गते, वडा नं. ८ मा १९ गते , वडा नं. ९ २० गते, वडा नं. ३ मा २१ गते र वडा नं. ४ मा २२ गते शिविर सञ्चालनका लागि तयारी गरिएको छ ।
ती सबै वडामा आँखा जाँच गरी मोतियाबिन्दु भएकाहरुलाई फागुन २४ र २५ गते महालक्ष्मी आधारभूत अस्पताल जितपुरमा मोतियाविन्दुको निःशुल्क अप्रेशन गरिने नगरपालिकाले जनाएको छ ।


