जेष्ठ नागरिकलाई २३ गतेबाट कोरोना भ्याक्सिन दिईने

नारायण कुमार राई.धनकुटा । छथर जोरपाटीका जेष्ठ नागरीकहरुलाई फागुन २३ गतेबाट कोरोना भ्याक्सिन दिर्ईने भएको छ । पालिका स्वास्थ्य शाखाले बिहिबार खोप सम्न्वय समितिका संयोजक तथा पालिका अध्यक्ष शेर बहादुर लिम्बूको अध्यक्षतामा सरोकारवालाहरुको भेला गरेर उक्त जानकारी दिएको छ ।

३ दिन सम्म सन्चालन हुने भ्यासिन कार्यक्रमका लागि स्वास्थ्य शाखाले पालिका र सबै ६ वटै वडा स्तरमा तयारी पुरा भएको जानकारी दिएको छ ।

पहिलो चरणको तेश्रो प्राथमिकताको उक्त खोप यस अघि नेपाल सरकारले ५५ बर्ष माथि भनेपनि पछिल्लो निर्देशन अनुसार ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई खोप दिन लागिएको पालिकाले जानकारी दिएकोे छ ।

पालिकाको १६ वटा खोप केन्द्र मार्फत् पालिकामा रहेका ११७७ जेष्ठ नागरीकहरुलाई लक्षित गरेर खोप दिईने स्वास्थ्य शाखाका संयोजक सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरुलाई दिन लागिएको उक्त खोप बेलायतको अक्सफोर्ट युनिभर्सिटीमा बिकास गरी बिश्व स्वास्थ्य संगठनले आपतकालिन अबस्थाका लागि अनुमति दिएपछि भारतको अनुदानमा नेपालमा दिन लागिएको हो ।

सबै प्रकारका खोप झै यो खोप लगाएपछि कसै–कसैलाई केहि लक्षण देखा पर्ने भएपनि खोप पूर्ण रुपमा सुरक्षित रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यो खोप गर्भवती महिला,सिकिस्त बिरामी,कोरोना संक्रमणको अवधिमा रहेका,केहि मुटुको बिरामी र १८ बर्ष मुनिकालाई लगाउन मिल्दैन ।

निश्चित तापक्रममा एक पटकमा १०जनाका लागि खोलेको औषधी ६ घण्टा पछि प्रयोग गर्न नमिल्ने भएकाले जेष्ठ नारिकहरुलाई खोपको अवसर दिलाउनका लागि स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।

कार्यक्रममा उपाध्यक्ष भीमकला श्रेष्ठ,प्रशासन शाखा अधिकृत नेत्रबहादुर श्रेष्ठ,सुरक्षा निकाय,स्वास्थ्य संस्था,जेष्ठ नागरीक,बिद्यालयका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।

जेष्ठ नागरिकहरु खोप लाउने ठाउँ सम्म जान कठिन हुने भएकाले घरपरिवार र सरोकारवाला सबैको सहयोगका लागि पालिका अध्यक्ष लिम्बूले कार्यक्रम मार्फत् आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।