प्राणी लगायत जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीले प्राणी लगायत जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । उहाले बयसका लागि बजेटको प्रवन्ध गर्ने समेत बताउनुभयो ।

नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले प्राणी शास्त्रीले अनुसंधान गरेका प्राणी लगायत जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गर्नुभयो । उहाँले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरि सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

मन्त्री कार्कीले प्राध्यापकहरुलाई आफ्नो क्षेत्रमा अब्बल हुन अनुसंधानमा ध्यान केन्द्रीतगर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले ‘ओपन जु’को अवधारणा अघि सारेको बताउनुभयो । ओपन जु का लागि स्थान छनौटको लागितयारीको काम भईरहेको जानकारी दिनुभयो । मन्त्रीकार्कीले भन्नुभयो,‘झापा, मोरङ, सुनसरी र उदयपुर मध्ये एक जिल्ला छनौट गरिने छ ।’

कार्यक्रममा डा. आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीना कुमारी देवलाई मन्त्रीकार्कीले सम्मान गर्नुभयो । प्रदेश स्तरिय गोष्ठिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रा.डा. रामबहादुर थापाले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖