कीर्तिमानी शेर्पालाई जिल्लामा स्वागत

ताप्लेजुङ, १ चैत । कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ । विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो ।

रेडियोले सदरमुकाम फुङ्लिङमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको हो । शेर्पा गत फागुन १८ गते मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत दिन गृह जिल्ला ताप्लेजुङ आउनुभएको थियो । उहाँले नेपाल पर्यटनका दृष्टिले सम्भावना बोकेको मुलुक हुँदाहुँदै पनि अपेक्षा गरेअनुसार पर्यटन क्षेत्रले फड्को मार्न नसकेको बताउनुभयो । धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले धनी मानिएको नेपाल अन्य मुलुकको तुलनामा पर्यटन प्रवद्र्धनका हिसाबले धेरैपछि परेको बताउँदै उहाँले पर्यटन क्षेत्रलाई सबैले मिलेर व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।

शेर्पा संसारका आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोही हुनुहुन्छ । छोटो अवधि अर्थात् ६१ दिनमा नै सगरमाथा तथा माउण्ट केटु हिमाल आरोहण गरेर कीर्तिमानी बनाउनुभएका शेर्पा ताप्लेजुङको लेलेपमा जन्मनुभएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖