देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गरे ।

मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गरे । उनले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव दिए ।

सो अवसरमा मन्त्री गुरुङले नेपाल चलचित्र पत्रकार सङ्घले अघि बढाएको कल्याणकारी कोष अभियानको शुभारम्भ गरे । सङ्घले रु २० लाख बराबरको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षलाई सम्मानपत्रद्वारा सम्मान गरे । सम्मानित हुनुहुनेमा पुर्वअध्यक्षद्वय विदुर गिरी र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दीप सापकोटा रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्रप्रसाद शाही, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नायक भुवन केसी, निर्माता तथा कलाकार दिपाश्री निरौलालगायतले साधारणसभाको सफलताको कामना गरेका थिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।