मेचीपारि नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

झापा । नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका–१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ ।

शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा अझै टुकी र लालटिन बत्तीमा निर्भर थिए । केही घरमा दुई बल्भसम्म बल्ने सौर्य उपकरण थिए । वर्षौंदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पु¥याएको हो ।

मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा १५० परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ग्वालबस्तीका १७ परिवारलाई आजै निःशुल्क मिटर जडान गरेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा बिजुलीको स्वीच थिचेर बत्ती बालेका हुन् ।

अन्य बस्तीमा समेत बिजुली बत्ती बाल्लका लागि धमाधम खम्बा गाड्ने काम भइरहेको मेचीनगर– १५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । बाँकी रहेका दुई बस्तीमा यसै महीनाभित्र बिजुली बालिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । मेचीपारिका बस्तीमा प्रायः यादव, सन्थाल र पाहान जातिको बसोबास छ ।

बर्खामा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महीना सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् । स्थानीयवासीले वर्षौंदेखि नदीमा पुलको माग गर्दै आए तापनि मागको सुनुवाइ हुन सकेको छैन ।

नगरपालिकाले नदीमा झोलुङ्गे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख उप्रेतीले बताए । मेची पारिका तीन बस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालन भइरहेको छ । नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षक बर्खायाममा विद्यालय जान नसक्दा पठनपाठन बन्द हुने गरेको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।