प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् ।


