रेडियो प्रसारक संघमा प्रेस मंच नेपाल (जसपा) को प्यानलै विजयी
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को ७ औं महाधिवेशन बाट प्रेस मंच नेपालका तर्फबाट उम्मेदवारी दिएका आठै जना पत्रकारहरु बिजय भएका छन ।

विजयी हुनेहरुमा केन्द्रिय उपाध्यक्ष (मधेशी) मा निमेष कर्ण, केन्द्रिय सचिवमा सुदर्शन खतिवडा, केन्द्रिय सदस्य पद मा नवीन नरसिंह नेपाली र धुवराज ढकाल, लेखा समिति सदस्यमा प्रलाद पोखरेल, प्रदेश दुईको अध्यक्ष मा मनोज यादव र प्रदेश उपाध्यक्षमा उपासना तिवारी र प्रदेश सदस्य मा नागेन्द्र यादव र भारती गुप्ता रहेका छन ।


