प्रम कृषि आधुनिकीकरण परियोजना : प्रदेश–१ मा ४३ हजार भन्दा बढीलाई रोजगारी

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश–१ मा ४३ हजार ५०० मानिसलाई स्थायी रोजगारी सिर्जना गर्ने भएको छ । दशवर्षे यो परियोजना विसं २०७३ देखि लागू भएको छ भने यसबाट प्रदेशमा आठ लाख ७० हजार मानिसले आंशिक रोजगारी पाउने छन् ।

चार लाख ७१ हजार हेक्टर जमीनबाट वर्षेनी ६६ लाख मेट्रिक टन कृषि उत्पादन हुने उद्देश्यसहित सञ्चालित यो परियोजनालाई सफल सञ्चालन एवं कार्यान्वयनमा दक्ष जनशक्तिको अभाव देखिएको आज यहाँ आयोजित समीक्षा गोष्ठीमा जानकारी दिइएको छ । धान, गहुँ, ओखर, सुन्तला, स्याउ, केरा, आँपजस्ता १५ वटा बालीको जोन रहेको यस प्रदेशमा कृषिका १५ हजार पकेट क्षेत्र, एक हजार ५०० वटा ब्लक र ३०० जोन तथा २१ वटा सुपर जोन छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ प्रदेश समन्वयका प्रमुख विनोदकुमार मण्डलले परियोजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कृषि अनुदानमा एकरुपता आउनुपर्ने, जनशक्तिको अभाव भए पनि परियोजना सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गर्ने बताए। सोही परियोजनाको झापा एकाइका प्रमुख रवीन्द्र सुवेदीले झापा जिल्लामा परियोजनाका लागि रु छ करोड नौ लाख बजेट विनियोजन भए पनि रु छ करोडभन्दा कमै बजेट आएको जानकारी दिँदै विगतमा सञ्चालनमा आएको जोन, ब्लक र पकेट क्षेत्रहरुमा केही समस्या आए पनि निराकरण हुँदै गएको प्रष्ट पारे ।

खासगरी धान जोनका लागि अनुदान प्राप्त कृषकले उत्पादन गरेको बालीमा पनि सरकारले समर्थन मूल्य ढिलो निर्धारण गरेको, बिक्री भएको धानको मूल्य पनि यसवर्ष अहिलेसम्म कृषकले नपाएको समस्याको रुपमा रहेको जानकारी दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव निरु दाहालले परियोजनाबाट अपेक्षित लाभ लिन यसमा आबद्ध कर्मचारीको मेहनत र लगनशीलताको आवश्यकता छ भने । उनले अनुदानमा देखिएको समस्या विस्तारै निराकरण हुँदै जाने भन्दै प्रदेशमा माछा र रबर उत्पादनमा बढी ध्यान दिन आग्रह गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖