प्रमबाट बालबालिकालाई पुर्खाको योगदान सम्झन, बुझ्न र थप योगदान गर्न सुझाव

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गर्नुभएको छ । बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा आएका बालबालिकालाई सम्बोधन गर्दै उहाँले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताउनुभयो ।

“तपार्इंहरुले सिर्जनात्मक बन्दै नयाँ रकर्ड बनाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढङ्गले सहभागी हुन सुझाव दिनुभयो । उहाँले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको उल्लेख गर्दै मिहिनेत गरेमा जुनसुकै काम गर्न पनि बालबालिका सक्षम हुने बताउनुभयो । पूर्वजले ज्ञानविज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मिहिनेत गरेर प्रगति गर्नुपर्छ ।”

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित सो कार्यक्रममा बालबालिकाले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनाहरुमा बालक्लबहरुका बालबालिकाको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागू गर्नुपर्ने सुझाव दिएका थिए ।

स्थानीय निकाय बालमैत्री बनाउन घोषणा हुनु आवश्यक रहेको सुझाव उनीहरुको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनु पर्ने सुझावको प्रधानमन्त्रीको सचिवालयबाट जानकारी दिइएको छ ।

विद्यालयमा कम बोल्ने बालबालिकाको सहभागितालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारीरुपमा कार्यान्वयन गराउन माग गरियो । सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चितता गर्न तथा परिवार र विद्यालयमा तयारी खाना (जङ्कफुड)को प्रयोगलाई पूर्ण निषेध गर्ने व्यवस्था मिलाउन पनि बालबालिकाबाट सुझाव आएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।