झापामा कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृ त्यु

काठमाडौं, चैत १२ ।  कोरोना संक्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृ त्यु भएको छ। कनकाई नगरपालिका–३ सुरुंगा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृ त्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिइन्।

केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ।

शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै निधन भएको जनाइएको छ। मृ तक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।