चालिस वर्ष भारतीय जे’लमा ब’न्दी जीवन बिताएर फर्किएका दुर्गाप्रसादले पाउनुभयो नेपाली नागरिकता

इलाम, १२ चैत । चालिस वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।

उहाँले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिनुभएको हो । भतिजो गोपाल तिम्सिना, भाई धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुग्नुभएका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३–०१–७७–०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभयो ।

नागरिकता लिन कार्यालय आएका उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले तिम्सिनालाई खादा ओडाएर सम्मान गर्नुभएको थियो । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖