पौवादुङमा गाउँपालिकाको आफ्नै ब्राण्डको मह बजारमा

भोजपुर, १६ चैत । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यावसायिक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यावसायिक तालिम दिएको हो ।

मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिकरूपमा आत्मानिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागतरूपमा भए पनि मौरीपालन गर्दै आउनुभएको छ । उहाँहरुलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । मौरीपालनका लागि आवश्यक चरन क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।”

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिनुभयो । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राईको भनाइ छ ।

गाउँपालिकाले यसअघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्नका लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० वटा घार र आव २०७६÷७७ मा ४७ वटा घारसहितको मौरी वितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राख्नुभयो । साथै उहाँले कृषकलाई सिर्जनशील भएर व्यवसायमा लाग्नसमेत आग्रह गर्नुभयो ।

उपाध्यक्ष राईले भन्नुभयो, “तपाईँहरुलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ । व्यावसायिकरूपमा मौरीपालनमा लाग्नुभएका तपाईँहरुको आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौँ, विशेष गरेर गाउँपालिकाको ४, ५ र ६ वडामा यसको सम्भावना रामो छ ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।