बस दु,र्घटनामा आठ घा,इते

वालिङ, स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट–१ बस्ने ३४ वर्षीया सातुमा खातुन, निजकी १० वर्षकी छोरी अफ्रिया खातुन, भीरकोट–१ कै ३१ वर्षीय मजबुन मियाँ, निजका तीन वर्षका छोरा महम्मद मियाँ, निजकी १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।