इन्डोनेसिया र इस्ट टिमोरमा बा,ढी र प,हिरो, मृ,तकको संख्या १५० नाघ्यो

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बा,ढी र प,हिरोमा परी मृ,त्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति ह,राइरहेका छन् ।

यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । यस प्रकोपबाट इन्डोनेसियामा १३० र इस्ट टिमोर २७ जनाको मृ,त्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मङ्गलबार बिहान बताउनुभएको छ । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ ।

वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृ,त्यु भएको थियो । त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको मृ,त्यु भएको थियो ।

इन्डोनेसियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख रहेको छ । देशको आधा जनसंख्या पहिरोको जोखिममा रहेका क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।