पत्रकार महासंघ प्रदेश नं १ का निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम

धनकुटा । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विराटनगरमा बधाई तथा शुभकामना दिदै सफल कार्यकालको लागि शूभकामना दिईएको छ ।

नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का निर्वाचनका लागि उम्मेदवार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का निर्वाचित अध्यक्ष लिला बल्लभ घिमिरे,उपाध्यक्ष लवदेल ढुंगाना,महिला उपाध्यक्ष हिमा चेम्जोग, कार्यकारी सदस्यहरु सुशिला पाठक,ब्रह्देव यादव लगायतका विराटनगरमा उपलब्ध बिजयी पत्रकारहरुलाई टिका तथा अविर र खादा लगाई दिई बधाई ज्ञापन गर्नु भएको थियो ।

सो अवसरमा उपाध्यक्ष तथा उम्मेदवार छनौवट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले अव तिन बर्ष सम्म प्रदेशका सवै पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका साथ क्षमता विकासका लागि निर्वाचित समितिले जिम्मा लिनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघको प्रदेश नम्वर १ को गत चैत्र २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रेस चौतारी नेपाल(माधव समुह)को संयुक्त प्यानलले पुरै सिटमा विजयी प्राप्त गरेकोे छ ।

संयुक्त प्यानलबाट नेपाल पत्रकार महासंघको प्रदेश नम्वर १ को अध्यक्षमा लिला बल्लभ घिमिरे,उपाध्यक्ष लवदेव ढुंगाना,महिला उपाध्यक्ष हिमा चेम्जोग, महासचिव विविक गौतम,सचिव देवेन्द्र कार्की,समावेशी सचिव सन्तोष यादव,कोषाध्यक्ष बिमल लामिछाने, कार्यकारी सदस्यहरु तोया भट्राई,गोपाल पोखरेल,सुरेन्द्र भण्डारी,लिलाराज झापाली,ध्रुम भट्राई,सुशिला पाठक,माला पालुंगाा,बिनु तिम्सिना,बिष्णु सुब्बा,यमन कुमार दनुवार,ब्रह्देव यादव,प्रमोद कुमार यादव,विपि दियाली,लिलाराज सुनुवार विजयी हुनु भएको हो ।

उहाहरु सवैलाई नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्वर १ का निर्वाचनका लागी उम्मेदवार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशिल गरी बधाई तथा शुभ कामनका साथ सफल कार्यकालको लागी शुभ कामना समेत दिनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।