दैनिक कोरोना संक्रमितको संख्या ११ हजारसम्म पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रणमा ल्याउन सबैले पहल गर्नुपर्नेसमेत उनले बताएका छन् ।

उनले भने, “कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ । संक्रमण नियन्त्रणका लागि सबै सजग हुन नसकेमा दैनिक ११ हजारसम्म संक्रमित देखिन सक्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।”

मन्त्री त्रिपाठीले तत्काल सीमा नाका बन्द नहुने बताउँदै भने, “बाहिरबाट आउनेलाई नाका बन्द गरेर हाम्रा नागरिकलाई आउन नदिनु त भएन नी । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिन्छ ।”

दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजार जनासम्म बस्‍नसक्‍ने सल्डिङ सेन्टर बनाइनेसमेत जनाएका छन् । उनले भने, “सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्‍ने कामहरु पनि सरकारले अगाडि बढाएको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।