ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु

झापा, १ वैशाख । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थाेडक्स चियाको उत्पादन शुरु गरेको हो ।

सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले ग्रीन टी र अर्थोडक्स चियाको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो । तत्कालीन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले रु एक करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन कारखाना निर्माण शुरु गरेको थियो भने उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागबाट रु ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो ।

दुई सहकारी संस्थाबीच एकता भएसँगै सहकारीले थप रु एक करोड रकम विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम शुरु गरेको हो । संस्थाले बंैकिङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल व्यवसाय यसअघि नै शुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय शुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

अध्यक्ष उप्रेतीले हाल अर्थोडक्स र ग्रीन टी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन गर्ने योजना रहेको बताउनुभयो । चालू आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको उहाँले बताउनुभयो ।

सहकारीले चिया उद्योग सञ्चालन गरेपछि स्थानीय चिया कृषक तथा सदस्य उचित मूल्य पाइनेमा आशावादी बनेका छन् । सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमासमेत निर्धारण गरेको छ । सहकारीले बैंकिङ व्यवसायतर्फ रु ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ रु २५ करोड, सहकारी पसल व्यवसायमा रु २५ करोड र चिया प्रशोधन व्यवसायमा रु पाँच करोड लगानी सीमा निर्धारण गरेको अध्यक्ष उप्रेतीको भनाइ छ ।

विसं २०५० मा २६ जना शेयर सदस्यको कूल दुई लाख ५३ हजार शेयर पूँजीबाट शुरु भएको सहकारी संस्थामा हाल रु एक लाख शेयर सदस्य छन् । रु एक अर्ब छ करोड शेयर रकम पुगेको छ । सहकारीले हालसम्म रु नौ अर्ब कर्जा लगानी गरेको छ भने रु ८५ अर्ब निक्षेप रहेको बैंकिङ व्यवसायका प्रशासनिक प्रमुख मनिष कोइरालाले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।