लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

नयाँ वर्ष २०७८ का अवसरमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै उनले नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैर आवासीय नेपालीलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्‍याउनसमेत आग्रह गरे। “नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पु¥याइ दिनुहोस्”, उनले भने।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढङ्गले पाउनेसमेत बताए। “तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ”, उनले भने। उनले आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले नेपाली जनता देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने बताए। “वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्दछ तथा नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ”, उनले भने।

भर्चुअल कार्यक्रममा नेपालबाट प्रधानमन्त्री ओलीसँगै उनका परराष्ट्र मामिलाविज्ञ डा राजन भट्टराई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदूत, गैरआवासीय नेपाल सङ्घका पदाधिकारी सहभागी भएका थिए। -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।