वन्यजन्तु संरक्षणमा सबै जुटौँ: मन्त्री आले

काठमाडौँ: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

अठ्ठाइऔँ वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा आज आयोजित कार्यक्रममा उनले नेपालमा रहेका तथा विश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तुको उचित संरक्षणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए। उनले भने, “संरक्षित वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षणका लागि हामी सबै एकजुट हुनुपर्छ ।”

मन्त्री आलेले पछिल्लो समय वन्यजन्तुका बासस्थान फँडानी गरी विनाश गरिनुका साथै उनीहरुको चोरी शिकार गर्ने क्रम बढेकाले संरक्षित वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे। “संरक्षित वन्यजन्तुका कारण हामीले पर्यटक भित्र्याउन सकेका छौँ, उनीहरुलाई लोप गराउने बाटो अपनाए कसरी पर्यटक आउन सक्छन्”, उनले भने, “वन्यजन्तुका बासस्थान नाश नगरौँ, वन्यजन्तुको उचित संरक्षण गरौँ।”

मन्त्री आलेले वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण अहिले जङ्गली जनावरसमेत गाउँ घर आउने तथा नोक्सानी गर्ने गरेको बताए। “हामीले जङ्गली जनावरका बासस्थान मासेर आफूले उपभोग गर्न थाल्यौँ, जनावर आहारका लागि गाउँ तथा किसानका खेतीबारीमा पस्न थाले, नोक्सानी हामीलाई नै भयो”, उनले भने, “जनावारका बासस्थानको हानिनोक्सानी गर्ने तथा मार्नेलाई कसैले पनि माफी दिनु हुँदैन।”

मन्त्री आलेले वन्यजन्तु संरक्षण तथा उनीहरुका बासस्थानको जगर्ने र संरक्षणका लागि सरकार गम्भीर रहेको बताउँदै संरक्षित वन्यजन्तुको चोरी शिकार गर्नेलाई अब नागरिकस्तरबाट पनि कारवाहीका लागि पहल हुनुपर्नेमा जोड दिए। मन्त्री आलेले आजै लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको धुञ्चेस्थित पासाङल्हामु राजमार्गमा निर्माण गरेको पर्यटन सूचना केन्द्रको समेत उद्घाटन गरे। -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।