वंशावली शंसोधन समिति र तिगेला खेवाहाङ चुम्लुङ पुनर्गठन

लिम्बुवान नेपाल । गत १७ अप्रिल २०२१ का दिन तिगेला खेवाहाङ चुम्लुङलले जेष्ठ सदस्य जितमान तिगेलाको अध्यक्षता भएको एक भेलाबाट दुईवटा महत्वपूर्ण निर्णयहरु गरयो ।

उक्त समाचार अनुसार खेवाहाङ वंशावली संशोधन तथा अद्यावधिक गर्ने र आदिवासी/मूलबासी याक्थुङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत संस्था “चुम्लुङ” अन्तरगत “तिगेला खेवाहाङ चुम्लुङ” पुनर्गठन गर्ने निर्णय गरेको छ ।

साईनोले जेठो लालकुमार तिगेलाको प्रमुख आथित्यमा “निङवा तङगर आदङलो, फक्ताङ तङगर सिंपङलो”े भन्ने नाराका साथ व्यानर पढेर उद्घाटन गरिएको सो समारोहमा भेलाको औचित्य माथि प्रकाश डा. कमल तिगेला लिम्बूले गर्नु भएको थियो । परिचय कार्यक्रमबाट प्रारम्भ भएको सो भेलामा तेह्रथुम, धनकुटा, भोजपुर, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुरका तिगेला खेवाहाङहरुको सहभागिता रहेको थियो । वि.सं. २०५४ सालमा प्रकाशित “मानव उत्पति र खेवा वंशावली” का मस्यौदाकार शिव तिगेलाले विभिन्न जिल्लाबाट आएका तिगेला वंशहरुलाई स्वागत गर्नु भएको थियो भने भेलामा काठमाण्डौका खड्क बहादुर तिगेलाले छलफलका लागि प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।

करिब ४० जना सहभागि रहेको उक्त भेलालाई सम्बोधन गर्दै छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला खेवाहाङले कार्यक्रम ऐतिहासिक भएको टिप्पणी गर्नु भयो । उहाँले वंशावली प्रकाशन र छथरे भाषा एवम् किरात सिरिजंगा लिपीमा पठन पाठनका लागि गाउँपालिका सरकारबाट आर्थिक बजेट छुटाउन आफु तयार रहेको बताउनु भयो । यसैगरी उहाँले आगामी खेवाहाङ चुम्लुङ थिवोङ याक्थुङ यक (दश लिम्बू मध्येको गढ) ताक्लुङ स्थित तागेरा तुरुम फुकु (ओढार) मा गर्न प्रस्ताव समेत गर्नु भयो ।

डा. कमल तिगेलाका अनुसार उक्त फुकु (ओढार) खेवाहाङहरुको उत्पति स्थलको रुपमा मानिन्छ । सो ओढारबाट उत्पति भएकाहरु, काठमाण्डौं उपत्यकाबाट राजधानी सार्ने किरात राजघरनाहरु, नागाहरु, खादी, लेप्चा, मोरङगे राजाका सन्ततीहरुको समष्ठिगत रुपनै आजको खेवाहाङ राष्ट्र ९प्जभधबजबलन ल्बतष्यल० भएको डा.तिगेलाले बताउनु भयो ।

आदिवासी/मूलबासी किरात याक्थुङ (लिम्बू) हरुको परम्परागत/प्रथाजनित संस्था “चुम्लुङ” अन्तरगत पुनस्र्थापित पुनर्गठित “तिगेला खेवाहाङ चुम्लुङ” को हाङ डा. कमल तिगेला खेवाहाङलाई सो भेलाले चयन गरेको छ । सो भेलामा हाङ डा.कमल तिगेलाद्वारा प्रस्तुत चुम्लुङको संरचना तुतु– तुम्याङ/या?ला सुहाङ, नालि–थाङवेन/सिसा–मेन्छ्या, पेगिफाङ्साम, पासिङ रहनेछन । जसमा हाङ (कार्यकारी प्रमुख/संयोजक/अध्यक्ष), तुम्याङ (न्यायिक), फासिङ (आर्थिक), इङमेबा (सरदार), योक्थोक्वा (राजदुत), सिजोरा इङमेसा (सुचना संचार), थक्सुबा (योद्धा/लडाकु दस्ता) आदि रहनेछन् । प्रस्तुत अवधारणा अनुसार “तिगेला खेवाहाङ चुम्लुङ” ले उपनिवेशवादी आधुनिक संस्थाका संरचना (अध्यक्ष, उपाध्यक्ष, महासचिव/सचिव, कोषाध्यक्ष) को सट्टा आदिवासी/मूलबासी किरात याक्थङ (लिम्बू) हरुको परम्परागत/प्रथाजनित संस्था “चुम्लुङ” को संरचनालाई अवलम्बन गर्ने निर्णय उक्त भेलाले गरेको छ ।

तिगेला खेवाहाङ चुम्लुङले शिव तिगेलाको अध्यक्षतामा १७ सदस्यीय “तिगेला खेवाहाङ वंशावली संशोधन/अध्यावधी मूल कार्य समिति” गठन गरेको छ । समितिमा उपाध्यक्षद्वय जितमान तिगेला (इलाम) र मोहन प्रसाद तिगेला (सुनसरी), सचिव भिम तिगेला (धनकुटा), कोषाध्यक्ष भिम तिगेला (सुनसरी), सह–सचिव जय प्रकास तिगेला (तेह्रथुम), सदस्य डा.कमल तिगेला (ललितपुर), खड्क तिगेला (काठमाण्डौं), रनवीर तिगेला (पान्थर), मतिराम तिगेला (झापा), रोशन तिगेला (मोरङ), कमलसिं तिगेला (धनकुटा), तोर्णदिप तिगेला (धनुकुटा), अरुण तिगेला (तेह्रथुम), कमलदिप तिगेला (धनकुटा), लालकुमार तिगेला (धरान), प्रकाश तिगेला (भोजपुर) रहेका छन् । त्यसैगरी ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष), थानाहाङ तिगेला (जिल्ला समन्वय समिति सदस्य तेह्रथुम), उत्तरमान तिगेला (युके सोलिसिटर), क्या.गजरधन तिगेला (युके), गंगाहाङ तिगेला (धनकुटा), खडक तिगेला (तेह्रथुम), खर्क तिगेला (हङकङ), टेकराज तिगेला (तेह्रथुम), विश्वास दीप तिगेला (युके), लालबहादुर तिगेला (सुनसरी), भक्त तिगेला (अमेरिका) रहनु भएको छ ।

कोषाध्यक्ष भिम तिगेलाको संयोजकत्वमा गठित आर्थिक समितिमा पदम तिगेला (तेह्रथुम), कृष्ण तिगेला (धनकुटा), भिमबहादुर तिगेला (पान्थर), दिपक तिगेला (इलाम), हर्क तिगेला (झापा), धनबहादुर तिगेला (मोरङ), खगेन्द्र तिगेला (सुनसरी), उत्तरमान तिगेला/विश्वास दीप तिगेला (युके), खर्क तिगेला (हङकङ), थर्कदिप तिगेला (जापान), रोशन तिगेला (अष्ट्रेलिया), गोपाल तिगेला (द.कोरीया), खगेन्द्र तिगेला (भारत), भक्त तिगेला (अमेरिका), सनमान तिगेला (नेदरलैण्ड) र शुकबहादुर तिगेला (क्यानडा) रहनु भएको छ ।

शसोधित वंशावली प्रकाशनको निमित्त पहिलो प्रकाशनमा छुटेका बंशहरुको संकलन गर्ने जिम्मा खडग तिगेला र लेखन तथा सम्पादनको जिम्मा डा. तिगेलालाई तोक्यो । खेवाहरुको वंशावली वेभसाइट डब्लुडब्लुडब्लु तिगेलाडटअर्गडटएनपी www.tigela.org.np मा उपलब्ध भएको जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।