सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, बैशाख ६ । सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
सिसीएमसीका सिफारिसमा स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको उर्जामन्त्री टोपबहादुर रायमाझीले बताए ।
जिल्लास्थित डिसीसीएमसीको सिफारिसबमोजिम विद्यालय बन्द गरिनेछ। तर पठनपाठन र परीक्षा वैकल्पिक माध्यमबाट जारी राखिने सरकारले जनाएकाे छ।


