खुवालुङमा आन्तिरक पर्यटकको चहल पहल बढ्दै

धनकुटा, ७ बैशाख । पछिल्लो समय धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीस्थित सप्त कोशीनदीको बिचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने चर्चा चले पछि यस लाई हेर्नका लागि दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेका छन् ।

सप्त कोशीनदीको बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने प्रधानमन्त्रीले एक कार्यक्रमामा अभिव्यक्ति दिए पछि एका एक चर्चामा आएको खुवालुङ हेर्न अहिले धनकुटा, झापा, पाँचथर , विराटनगर सहित राजधानी बाट समेत मानिसहरु आउन थालेका छन् । त्यसमा पनि किराँत धर्मबलम्भीहरु धेरै रहेका छन् ।

ढुंगा खुवालुङले मोटर बोट संचालनमा बाधाँ पु¥याएको भन्दै फूटाउने भएपछि त्यसको बिरोध समेत भएको थियो । किरात राई चाम्लिङ्ग भाषामा खु भनेको ठुलो खोला र वा भनेको पानी र लुङ भनेको ढुंगा हुने भन्दै खुवालुङ सिंगो किराँत समुदायको धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्र रहेको भन्दै त्यस लाई फुटाउन नहुने भन्दै बिरोध समेत भएको थियो ।

खुवालुङ बिषयमा पहिला खासै थाहाँ नभएको र अहिले चर्चामा आए पछि आफूहरुको समुदायको धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्र रहेको भन्ने थाहाँ पाए पछि एक चोटि हेर्न जाँउँ भनि आएको झापाका रोशन किराँतीले बताए ।

धार्मिक आस्थाका रुपमा रहेको खुवालुङ फुटाउनुको साटो जोगाएर जेट बोट चलाउन सकिने र यो क्षेत्र लाई धार्मिक रुपमा पर्यटनको विकास गर्नुपर्ने स्थानिय भानु राईले बताउँए । उनले भने अहिले विभिन्न समुह बनाए र दैनिक सयौं आन्तिरक पर्यटक आउने गरेका छन् ।

खुवालुङ फोडिँदा किरातीहरूको आस्थामाथि नै प्रहार हुने अभियान्ताहरुको भनाई छ । त्यसैले खुवालुङ कुनै एक समुदाय र धर्मको मात्रनभई सबैको सम्पदाभएकाले यसलाई बचाएरै जलयातायात सञ्चालन गर्नु पर्ने र यस स्थानमा लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दे जानु पर्ने स्थानीय बासिन्दाहरुको माग छ ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले समेत अबलोकन गरि खुवालुङको बिषयमा राजनिती नगरी यस लाई संरक्षण गर्दै पर्यटन संग जोड्नु पर्ने बताएछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।