निःशुल्क आयुर्वेदिक उपचार सेवा शूरु

धनकुटा,बैशाख ७ । धनकुटाको महालक्ष्मी नगरपालिका जितपुरमा निःशुल्क आयुर्वेदिक उपचार सेवा शूरु भएको छ । नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी जितपुर बजारमा निःशुल्क उपचार सेवा प्रदान गर्न थालिएको हो ।

एक कार्यक्रमका बीच औपचारिक रुपमा आरोग्य केन्द्र उद्घाटन गरेर सेवा शूभारम्भ गरिएको हो । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, महालक्ष्मी–७ का वडाध्यक्ष रुद्र तुम्वा लगायतले आयुर्वेदिक उपचार सेवावाट नगरबासीले धेरै फाइदा लिन सक्ने वताएका छन् ।

धनकुटा सदरमुकाम स्थित कोशी अञ्चल आयुर्वेदिक औषधालय मातहत रहने गरी आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । जितपुर बजारकोे केन्द्रबाट आयुर्वेदिक उपचार सहित औषधि पनि निःशुल्क प्रदान गरिने महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँले निःशुल्क आयुर्वेदिक उपचार सेवावाट फाइदा लिन नगरबासीलाई आग्रह पनि गर्नुभएको छ ।

यो सँगै कोशी अञ्चल आयुर्वेदिक औषधालय मातहत रहने गरी धनकुटा जिल्ला सदरमुकाम बाहिर दुई ठाउँमा सेवा विस्तार गरिएको छ । यसअघि चौविसेको राजारानीमा पनि केन्द्र स्थापना गरी उपचार सेवा प्रदान गरिदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।