पत्रकारहरुको क्षमता विकास, भौतिक तथा पेशागत सू’रक्षाका लागि काम गर्ने
विराटनगर,१० बैसाख । नेपाल पत्रकार महासंघ प्रदेश नं १ ले पत्रकारहरुको क्षमता विकास, भौतिक तथा पेशागत सूरक्षाका लागि काम गर्ने वताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कार्य समितिको प्रमाण पत्र वितरण तथा पद हस्क्षान्तरण पछी प्रदेश कार्य समितिको कार्यालय विराटनगरमा पदवहाली तथा बधाई कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुले त्यस्ताे वताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का निर्वतमान अध्यक्ष विक्रम लुईटेल, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन परिचालन तथा उम्मेदवार छनौवट समितिका प्रदेश संयोजक विजय सन्तोषी राई, प्रदेश १ प्रदेश संचार प्रतिष्ठानका सदस्य राजेश्वर वहादुर श्रेष्ठ, प्रदेश कार्य समितिका निर्वतमान सदस्य डिल्लीराम खतिवडा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरि लगायतले नव निर्वाचित प्रदेश कार्य समितिलाई टिका तथा खादा लगाई वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभ कामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का नव निर्वाचित अध्यक्ष लिला बल्लभ घिमिरे,उपाध्यक्ष लवदेव ढुंगाना,महिला उपाध्यक्ष हिमा चेम्जाेङ,महासचिव विवेक गौतम,सचिव सन्तोष यादव,दवेन्द्र कार्की,कोषाध्यक्ष बिमल लामिछाने, सदस्यहरु गोपाल पोखरेल,सुरेन्द्र भण्डारी,ध्रुव भटराई,लिलाराज झापाली,तोया भटराई,शुसिला पाठक,विनु तिम्सिना,माया पालुंगा,विष्णु सुब्बा,यमन कुमार दनुवार,ब्रह्देव यादव,प्रमोद कुमार यादव,लिला सुनुवार लगायतले पत्रकार महासंघ प्रदेश १ लाई नमुनाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


