जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

झाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृ त्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो ।

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् ।

त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताए ।

नयाँ वर्षका लागि घर आउनुभएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण देखियो । आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुई जनामा लक्षण देखिएपछि परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखियो ।

जिल्ला अस्पतालमै कार्यरत एक महिला स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाउनुभएकी उहाँलाई पहिलाभन्दा कडा खालका लक्षण देखिएको छ । सबै जना अहिले जिल्ला अस्पतालमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।