दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृ त्यु, २२ घा’इते

खोटाङ: दर्शनार्थी चढेको बस दु र्घटना हुँदा एक जनाको मृ त्यु भएको छ भने २२ जना घा इते भएका छन्। त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न गएका दर्शनार्थी बोकेको बस दु र्घटना भएको प्रहरीले जनाएको छ।

सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न गएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नम्बरको बस शुक्रबार दु र्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृ त्यु भएको हो।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ।

कदुवास्थित सडकको घुम्ती पुग्न लाग्दा दुर्घटनामा परी पल्टिएको बस करिब २० मिटर तल सडकमै अड्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

बस दुर्घटनामा सप्तरी कञ्चनरूप नगरपालिका–१२ का सीता नेपाल, रमा नेपाल, निश्चल नेपाल, कोपिला नेपाल, प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तीहर, होम श्रेष्ठ, रमा श्रेष्ठ, प्रजिता नेपाल, गीता श्रेष्ठ, विमला पोखरेल, उर्मिला श्रेष्ठ, लीला श्रेष्ठ, सुद्धीदेवी महतो, सरिता श्रेष्ठ, भीमा विश्वकर्मा, कुलमान विश्वकर्मा, दिनेश गहतराज, टेक श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ र चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घा इते भएका छन्। घाइतेमध्ये नौ जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

कतिपय घा इतेलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मिटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर गन्तव्यतर्फ पठाएको स्थानीयवासी देवराज केसीले बताए।

केसीका अनुसार बसमा चालक र सहचालकसहित ३५ जना सवार थिए। दुर्घटनामा ग म्भी र घा इते बनेका व्यक्तिलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको नगरप्रमुख इवन राईले बताए। पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा तीन÷चार घण्टा सडक अवरुद्ध बनेको थियो।

स्थानीय कासिन्दा, प्रहरीचौकी च्यास्मिटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए। दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज कार्कीलगायतको टोली घटनास्थल पुगेका थिए।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसीमा १५ दिने मेला लागेको छ। रामनवमीको अवसर पारेर त्रिधार्मिक धाम हलेसीमा लागेको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको जनाइएको छ।

पछिल्लो समय अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ।

राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको जयरामघाट र हर्कपुरमा पक्की पुल बनेपछि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफँैले सवारी साधन लिएर आउने गरेका हुन्।

हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार रहेका छन्। -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।