उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो ।

तामाङलाई पक्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए । यस्तै पत्रकारका नेताहरुले पनि समाचार लेखेकै आधारमा पक्राउ गरिनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।