श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रु १५ हजार हुने

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर शुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।
“कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको छ”, सन्देशमा भनिएको छ, “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध छ ।”

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताउनुभएको छ । उहाँले कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गर्नुभयो । “कामको सुरक्षा र थप रोजगारीको प्रयास सरकारको सदा हुनेछ”, सन्देशमा भनिएको छ, “नेपाली ट्रेड युनियन आन्दोलनले जनताको पीडालाई हेर्न पनि सिकाएको छ ।” मे दिवस विसं २००३ देखि २०४६ सम्म नेपालको सङ्गठित श्रम आन्दोलनका रुपमा मनाउन थालिएको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेका छन् । दक्षिण एशियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको छ । हरेक दिन ४१० मजदूरको निर्माणस्थलमै मर्ने गरेको छ । समग्रमा २० लाख ७८ हजार मानिसले कामसँग सम्बन्धित भएर ज्यान गुमारहेका छन् । कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रुपमा प्रक्षेपण गरिएको कुरा सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रुपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाइ श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवद्र्धन गरेको उल्लेख छ ।

त्यस्तै आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु एक लाखको बीमा गरिएको सन्देशमा उल्लेख छ । “विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको छ, वैदेशिक रोजगारीमा भएकाको सुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको छ”, सन्देशमा भनिएको छ, “सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवन पहिला हो, त्यसपछि श्रम हो ।”

प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आव २०७८÷७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भई मासिक रु १३ हजार ४५० रु १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।